सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष पु¥याउने प्रस्ताव

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत १५

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने न्यूनतम उमेर थप वृद्धि गर्ने प्रस्ताव अघि सारिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा यस्तो सिफारिस गरिएको हो ।

उक्त मार्गचित्रले हाल कायम गरिएको उमेर सीमालाई पुनरावलोकन गर्दै भत्ता पाउने उमेर ७५ वर्षसम्म पु¥याउन सुझाव दिएको छ । यसअघि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा ७० वर्ष निर्धारण गरेको थियो ।

२०७९ सालको निर्वाचनअघि पनि भत्ता वितरणको उमेर ७० वर्ष नै कायम थियो । तर त्यसअवधिमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उमेर घटाएर ६८ वर्षमै भत्ता उपलब्ध गराउने व्यवस्था गरेको थियो ।

सामाजिक सुरक्षा भत्तामा राज्यको दायित्व क्रमशः बढ्दै गएको सन्दर्भमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले यसअघि नै उमेर सीमा बढाउन सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार