अदालतले भन्यो–ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्नू

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत १५

जिल्ला अदालत काठमाडौंले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न भनेको छ ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँचदिन म्याद थपको अनुमति दिँदै उक्त आदेश दिएको हो । आदेशमा उल्लेख छ, ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरिदिएको छ ।’

ओली पक्राउलगत्तै अस्पताल भर्ना भएका थिए । बिरामी भएको भन्दै अदालतमा ‘भर्चुअल’ रूपमा उपस्थियित जनाएका थिए । ओलीलाई शनिबार (चैत १४) भक्तपुर गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण