देवघाटमा ‘सशक्त नारी, सबल समाज’ विषयक सचेतना कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । चैत १५

देवघाटधाम जेसीजको आयोजनामा शनिबार देवघाटमा ‘सशक्त नारी, सबल समाज’ सम्बन्धी प्रेरणादायी विषयमा एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल जेसिजको देवघाटधाम जेसिज निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष स्वप्ना पौडेल भण्डारीले उद्घाटन गरेकी थिइन् । उक्त कार्यक्रममा सहिजकरण गर्दै प्रमुख प्रशिक्षकको रुपमा पत्रकार अजिता अधिकारीले महिला सशक्तिकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक सहभागिताका विविध पक्षहरूमा प्रभावकारी प्रशिक्षण प्रदान गरेकी थिइन् ।

सो कार्यक्रमको संयोजक देवघाटधाम जेसीज वर्ष २०२६ कि कार्यकारिणी उपाध्यक्ष स्वस्तिका धिताल रहेकी थिइन् भने कार्यक्रमको अध्यक्षता देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदीले गरेका थिए ।

उक्त कार्यक्रममा सहयोगी संस्थाको रुपमा उर्वान नेष्ट नारायणगढका तर्फबाट सञ्चालिका तथा उद्यमी सुनिता घिमिरेले आफ्नो उद्यमशीलता यात्रा, चुनौतीहरू र सफलताका अनुभवहरू सहभागीहरूसँग साझा गरेकी थिइन् ।

उक्त कार्यक्रममा देवघाट महिला सञ्जालकी अध्यक्ष राधा खनालसहित विभिन्न महिला समूहका अध्यक्षहरू, देवघाटधाम जेसीजका पदाधिकारी तथा सदस्यहरू, पूर्व अध्यक्ष रघु मल्ल तथा निवर्तमान अध्यक्ष प्रशन्न ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिलाहरूको क्षमता अभिवृद्धि, आत्मनिर्भरता, नेतृत्व विकास तथा समाज निर्माणमा महिलाको भूमिकाबारे सार्थक छलफल तथा अन्तरक्रिया गरिएको थियो । सहभागीहरूले कार्यक्रमलाई अत्यन्तै प्रेरणादायी, ज्ञानवर्धक र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमको समापन गर्दै देवघाटधाम जेसीजका अध्यक्ष अर्जुन सुवेदीले सम्पूर्ण अतिथि, प्रशिक्षक, सहभागी तथा सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले सशक्त महिला मार्फत सुदृढ समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत यस्ता सिर्जनात्मक तथा परिवर्तनमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रमको सञ्चालन देवघाटधाम जेसीज वर्ष २०२६ की कोषाध्यक्ष जेसी रक्षा कार्कीले गरेकी थिइन् । कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका ६४ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा हिमालयन हार्भेष्ट भरतपुरको तर्फबाट कार्यक्रमका अतिथि तथा प्रशिक्षकहरूलाई मायाको चिनो सौजन्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक