देवघाट खुला भलिवल प्रतियोगिताको उपाधी रियल गोर्खे क्लवलाई

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत १६

देवघाट गाउँपालिका–५ स्थित कालिका मन्दिर निर्माण समितिद्वारा आयोजित खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी चितवनको भण्डारा स्थित रियल गोर्खे क्लवले जितेको छ । १७ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा चितवनकै शारदानगर क्लव उपबिजेता भयो ।

त्यस्तै महिला भलिवल प्रतियोगितामा नवलपुरको भोक्रेफाँट प्रथम भयो भने चितवनको भरतपुरस्थित ठिमुरा क्लव दोश्रो भएको थियो । महिला भलिवल तर्फ सात टिमको सहभागिता रहेको थियो ।

हिन्दुहरुको मुख्यपर्व चैते दशैंको अबसरमा गत चैत १२ गतेदेखी आयोजित उक्त प्रतियोगिता सोमबार सम्पन्न भयो । निर्माण समितिका अध्यक्ष याम बहादुर अस्लामीको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवघाटका वरिष्ठ समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता अर्जुन अधिकारीले बिजयी टिमलाई पुरस्कार वितरण गरेका थिए ।

पुरुष भलिवल प्रतियोगिताको प्रथम पुरुस्कार रु. ५० हजार र द्वित्तिय पुरस्कार रु.२५ हजार तथा महिला भलिवलको प्रमथम पुरस्कार रु. १५ हजार र दोश्रो पुरस्कार रु. सात हजार रहेको थियो ।

गत वर्षमा आयोजित प्रतियोगिताबाट बचत भएको रकमले मन्दिर परिसर भित्र महिला र पुरुष शौचालय र खानेपानी धारा जडान गरिएको आर्थिक संयोजक मगरले बताए । यसवर्ष आयोजना भएको प्रतियोगिता बाट बचत भएको रकमले मन्दिरमा रेलिङ हालिने मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ