शुक्लागण्डकी महोत्सवमा आयोजित अन्तरपालिका स्तरीय भलिबलमा बौद्धिकाली र अर्जुनचौपारी फाइनलमा भिड्ने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १६

पाँचौ शुक्लागण्डकी महोत्सव अन्तरर्गत आयोजित अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा बौद्धिकाली र अर्जुनचौपारी भिड्ने भएका छन् ।

सोमवार भएको सेमिफाईनलमा अर्जुनचौपारीले पुतलीबजारलाई ३–२ ले हराउदै अर्जुचौपारी फाइनलमा पुगेको हो । यसैगरी बौद्धिकालीले शुक्लागण्डकी ए लाई ३–२ को सेटले पराजित गर्दै फाइनलमा अर्जुनचौपारीसँगको भेट पक्का गरेको हो ।

मंगलवार विहान तेस्रो र चौथोकोलागि पुतलीबजार र शुक्लागण्डकी भिड्ने छन् । यसपछि विहान ११ बजे फाइनल खेल हुने प्रतियोगिता संयोजक उपेन्द्र तिमिल्सीनाले जानकारी दिए ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो हुने समुहले क्रमशः २ लाख, १ लाख ५० हजार, ५० हजार र चौथोलाई २५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमणपत्र पाउनेछन् । साथै बेष्ट प्लेयर, स्पाईकर, सेटर, डिफेन्टर, ब्लकर, कोच र बेष्ट सर्भरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ ।

शुक्लागण्डकी नगरपालिकाको संरक्षकत्व, महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

उद्योग वाणिज्य महासंघ गण्डकीको उपाध्यक्षमा तनहुँका हरि, सदस्यमा रिमाल र खड्का

तनहुँ । चैत १७ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्षमा तनहुँका हरिकुमार श्रेष्ठ