देवघाटमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, ट्याक्टर चालक घाइते

Devghat Online

शेयर गरौ

देवघाट । चैत १७

देवघाट गापा–४ मा काफलडाँडामा मंगलबार भएको ट्याक्टर दुर्घटनामा एक जना बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–४ काफलडाँडा स्थित भित्री सडक खण्डमा नारायणघाटबाट वडा नम्बर १ को कोटा हुँदै सिङतान तर्फ जाँदै गरेको ग १ त १५२३ नम्बरको टयाक्टर चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी १५ मिटर तल खस्न गई ट्याक्टर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा देवघाट गाउँपालिका–४ वासपानीका ११ बर्षीय बालक शिब बहादुर गुरुङ रहेका छन् । गुरुङ विद्यालयबाट ट्याक्टरमा चढेर घर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो ।

नारायणगढबाट तारजाली लिएर आएको सो ट्याक्टरमा तिन जना विद्यार्थी चढेकोमा दुर्घटनापछि दुई जना विद्यार्थी हामफालेर ज्यान जोगाएको एक जना विद्यार्थीको मृत्यु भएको देवघाट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले