तनहुँ । बैशाख २
गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको बुधबार पद तथा गोपनियताको शपथ गराएका छन्। जसअनुसार भागबण्डामा ४ जना मन्त्री कांग्रेसले पाएको छ भने एमाले पनि चार वटै मन्त्रालय पाएको छ ।



पुनर्गठित मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।
यसैगरी नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्य र भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेका छन् ।
गन्डकीको मन्त्रीपरिषद् पुनर्गठन हुँदा यसपटक तनहुँका अशोककुमार श्रेष्ठ र श्यामराजा महत मन्त्री बन्ने चर्चा चलेपनि उनीहरुको पार्टी नेपाली काँग्रेस र नेकपा एमालेले श्रेष्ठ र महतलाई स्थान दिएन ।












