बैरेनी जग्गा एकिकरण कार्यक्रमः ७५ प्रतिशत काम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २

व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजनाको कार्यान्वयन इकाई कार्यालय उद्घाटनसँगै आयोजनाले नयाँ गति लिएको छ । आयोजाको हाल सम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेले कार्यालय उद्घाटन गर्दै अव्यवस्थित भू–उपयोगलाई वैज्ञानिक र योजनाबद्ध ढङ्गले व्यवस्थापन गर्ने उद्देश्यमा यो आयोजना महत्वपूर्ण रहेको बताए । उनले सहरीकरणलाई व्यवस्थित बनाउँदै नागरिकको जीवनस्तर उकास्ने काममा सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले दीर्घकालीन सहरी विकासका लागि जग्गा एकीकरण प्रभावकारी माध्यम भएको उल्लेख गरिन् । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले यो योजना नगरको गौरवको योजना रहेको बताउँदै कार्यान्वयनमा पारदर्शिता र समयमै सम्पन्न गर्ने दायित्वमा जोड दिए ।

वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष एवं नगर विकास समितिका सदस्य तुलसीराम सापकोटाले यसलाई नगरकै गौरवको आयोजना भएको बताउँदै स्थानीयको सक्रिय सहभागिताले मात्र सफल हुने धारणा राखे ।

आयोजना प्रमुख इन्जिनियर रविन्द्रलाल मूलका अनुसार हालसम्म आयोजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने अब बाँकी कामलाई तीव्र गतिमा अघि बढाइनेछ ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष खेमराज पोख्रेलको सभापतित्व रहेको थियो भने वडा नम्बर २ का अध्यक्ष काशीराम श्रेष्ठले पनि मन्तव्य राखेका थिए । उपभोक्ता समितिका अध्यक्ष श्रीराम कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमले आयोजनाको बाँकी कार्य छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र