तनहुँमा १२ जना फरार प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ७

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले सोमबार जिल्ला अदालत तनहुँबाट जरिवाना तोकिएका १४ वटा मुद्दामा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ७ वटा चेक अनादर मुद्दाका ६ जना, २ वटा जालसाजी मुद्दाका १ जना, सरकारी छाप किर्ते मुद्दाका १ जना, सार्वजनिक अपराध मुद्दाका १ जना, गाली बेइजती मुद्दाका १ जना, सम्बन्ध बिच्छेद मुद्दाका १ जना तथा हाडनाता करणी मुद्दाका १ जना रहेका छन् ।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता