भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २०

तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्ध रहेको बताएका छन् । ‘कसैको बास खोस्ने जस्तो अमानवीय कार्य नगरियोस्’ चुमानले भने ‘वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्ध छौं ।’

आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र १५० जना भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित प्रमाणित भएको तथा करिब २० वर्षदेखि बसोबास गर्दै आएका तर लालपुर्जा नभएका करिब ११०० अव्यवस्थित बसोबासीले निस्सा प्राप्त गरेको चुमानले बताए ।

‘यद्यपि, करिब २० जना भूमिहीनसँग बसोबास गर्ने जमिन नै छैन भने केहीको बसेको जमिन “नकारात्मक सूची” मा परेकाले पुर्जा वितरण गर्न नमिल्ने अवस्था रहेको छ’ अध्यक्ष चुमानले भने ‘नापी, निस्सा तथा प्रमाणीकरण प्रक्रिया सम्पन्न गरी १३ जना भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कार्यमा तनहुँ जिल्लामै आँबुखैरेनी गाउँपालिका अग्रणी रहेको छ ।

‘हाल, सम्पूर्ण भूमिहीन तथा अव्यवस्थित बसोबासीमा डोजर चल्ने हो कि भन्ने त्रास फैलिएको छ । यस सन्दर्भमा प्रधानमन्त्री ज्यूसँग अनुरोध छ–भूमि ऐनका केही धाराहरू संशोधन गरी अध्यादेशमार्फत स्थानीय तहलाई पुर्जा वितरण गर्ने अधिकार प्रदान गरियो भने भूमिसम्बन्धी समस्या छोटो समयमै समाधान गर्न सकिनेछ ।’ चुमानले भने ‘भूमिहीनलाई जमिन उपलब्ध गराउने, र उपयुक्त अवस्थामा रहेका अव्यवस्थित बसोबासीलाई राजस्वसहित पुर्जा दिने व्यवस्था गरियोस् । साथै, सार्वजनिक तथा मापदण्डभित्रका जमिनहरू व्यवस्थापन गरी खाली गराउने नीति अपनाइनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा