घिरिङ गाउँपालिकाको स्पष्टिकरणः पोषण सम्बन्धी कार्यक्रममा थियौ, नियतबश सेवाग्राहीलाई कुराएको हैन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २

घिरिङ गाउँपालिकाले सेवाग्राहीलाई कुराएको भन्ने सम्बन्धमा सामाजिक सन्जालमा भाईरल भएको एक भिडियोको बारेमा प्रष्टिकरण दिएको छ । स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले आफुहरुले सेवाग्राहीलाई कुराएको नभई पोषण सम्बन्धी कार्यक्रममा भएको कारण आउनमा ढिलाई भएको बताएका छन् ।

गत जेठ ८ गते आफुहरु वडा नम्बर ४ को कार्यालय फुलामा सुनौलो हजार दिन सम्बन्धी कार्यक्रममा सहभागी भएको र कार्यक्रम सकेर आउने क्रममा केही ढिलाई भएको बताए । एक सेवाग्राहीले आफन्तको उपचार सम्बन्धी सिफारिसकोलागि गाउँपालिकाको स्वास्थ्य शाखामा आउँदा उक्त शाखामा कुनै पनि कर्मचारी नभएपछि सो बारेमा भिडियो बनाई सामाजिक सन्जालमा राखेका थिए ।

गाउँपालिकाको स्वास्थ्य शाखा, कृषि शाखा तथा पशु विकास शाखाका कर्मचारीहरुको उपस्थितीमा वडा नम्बर ४ मा ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण सम्बन्धी एकिकृत अभिमुखी कारण कार्यक्रम’ आयोजना गरिएको र ति सेवाग्राही पालिकामा आएको सुचना पाएपछि कार्यक्रम छोट्याएर हतार हतार पालिकामा आएको तर सेवाग्राहीले पालिका र कर्मचारीको बदनाम गर्ने गरि भिडियो सामाजिक सन्जालमा हालेको स्वास्थ्य शाखाका प्रमुख रिमालले बताए ।

कर्मचारी नभएको बारेमा ति सेवाग्राहीले भिडियो बनाएपछि गाउँपालिकाका नगरप्रहरीले उक्त भिडियो मेटाउन दवाव दिएको बारेमा भिडियोमा सुन्न सकिन्छ । स्वास्थ्य शाखाका प्रमुख रिमालले आफुले सेवाग्राहीलाई भिडियो मेटाउन दवाव नदिएको र पालिकामा आएपछि उनको सिफारिस बनाएर पठाईदिएको बताए । नगरप्रहरीसँगको विवाद बारेमा आफुलाई जानकारी नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता