रास्वपा देवघाटको अधिवेशन जेठ १६ गते, सभापतीमा क्षेत्रीको सम्भावना

Devghat Online

शेयर गरौ

सफल शर्मा । देवघाट, जेठ १३

राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँ कार्य समितिको प्रथम अधिवेशन आगामी जेठ १६ गते हुने भएको छ । अधिवेशन वडा नम्बर ५ स्थित नमस्ते गार्डेन रिर्साेटमा हुनेछ ।

पाँच वटै वडाको अधिवेशन सम्पन्न गरेको रास्वपा देवघाटले पालिकाको अधिवेशन गर्न लागेको हो । उक्त अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने जनाईएको छ ।

अधिवेशनबाट रास्वपा देवघाटको सभापतीमा बलबहादुर क्षेत्री बन्ने निश्चित जस्तै रहेको छ । क्षेत्री रास्वपा देवघाटको संस्थापक मध्येका एक हुन् । उनी संस्थापक सभापती समेत हुन् ।

अधिवेशनको कार्यक्रमलाई भव्य बनाउने गरि विभिन्न तयारी गरिएको छ । बाजागाजा सहितको भव्य कार्यक्रम हुने बताईएको छ । अधिवेशनमा देवघाटका पाँच वटै वडाबाट १५० भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण