शुक्रबार गणतन्त्र दिवस, विविध कार्यक्रम गरि मनाइने

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १४

शुक्रबार जेठ १५ गते, गणतन्त्र दिवस । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको उपलक्ष्यमा आज विविध कार्यक्रम गरि गणतन्त्र दिवस मनाइन्छ ।

जनआन्दोलन २०६२÷०६३ को जगमा भएको संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ४० वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । गणतन्त्र घोषणा भएको दिनलाई सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउने छ । यो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित कुटनीतिक नियोगको कार्यालयमा सार्वजानिक बिदा दिईएको छ ।

गणतन्त्र दिवस मनाउन जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । उक्त समितिको आयोजनामा विहिबार दमौलीको अनसन चौतारी क्षेत्र सरसफाई गरियो । साथै विहिबार नै अनसन चौतारीमा नागरिकको स्वास्थ्य जाँच गरियो । यस्तै प्रदेश स्वास्थ्य कार्यालयको आयोजनामा व्यास १४ केशवटारमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण तथा ह्दयरोग प्रतिष्ठानको आयोजनाा निर्मल माविमा मुटुको परिक्षण पनि सम्पन्न भयो ।

यसैगरि गणतन्त्र दिवसको दिन आज जेठ १५ गते व्यास नगरपालिकामा झण्डोत्तोलन, दमौली बजारमा प्रभातफेरी, दमौली सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम, दमौली अस्पतालमा फलफुल वितरण र साँझ दिपप्रज्वलनको कार्यक्रम रहेको छ । साथै यस दिवसको अवसरमा स्थानीयतहहरुले पनि आ आफ्नो अनुकुलका विभिन्न कार्यक्रम गर्न सक्ने जनाईएको छ ।

गणतन्त्र दिवसको उक्त कार्यक्रम सम्पन्न गर्न जिल्ला समन्वय समितिका प्रमुख वाग्लेको संयोजकत्वमा सबै स्थानीय तहका प्रमुखहरु, जिल्ला न्यायधिश, प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु, सहकारी, शिक्षण संस्था, ट्रेड युनियन, पत्रकार, मावनअधिकार लगायतका संघ संस्थाका प्रमुखहरु सदस्य रहेको मुल समारोह समिति पनि गठन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङ गाउँपालिकाको स्पष्टिकरणः पोषण सम्बन्धी कार्यक्रममा थियौ, नियतबश सेवाग्राहीलाई कुराएको हैन

तनहुँ । जेठ २ घिरिङ गाउँपालिकाले सेवाग्राहीलाई कुराएको भन्ने सम्बन्धमा सामाजिक सन्जालमा भाईरल भएको एक