शुक्रबार बजेट प्रस्तुत हुने

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १४

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट शुक्रबार प्रस्तुत हुने भएको छ । संसदको दुबै सदनको संयुक्त बैठकमा आज अपरान्ह ४ बजे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा १८२ सिट सहित अत्याधिक बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले पहिलो पटक बजेट प्रस्तुत गर्दैछ । त्यसमाथि विश्व बैंक, एसियाली विकास बैंक लगायतका अन्तराष्ट्रिय वित्तिय संस्थामा विभिन्न पदमा काम गरिसकेका र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भईसेका अर्थविद वाग्लेले अर्थमन्त्री भएपछि पहिलोपटक ल्याउने महात्वाकांक्षी बजेटलाई सबै क्षेत्रबाट चासोका साथ हेरिएको छ ।

बजेटको आकार कस्तो हुने भन्ने अघिल्लो दिनसम्म सार्वजानिक भएको छैन । अर्थमन्त्री वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ