रास्वपा देवघाटको सभापतीमा क्षेत्री निर्वाचित

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवघाट गाउँपालिका समितको सभापतीमा बलबहादुर क्षेत्री निर्वाचित भएका छन् । शनिबार देवघाटमा सम्पन्न भएको उक्त पार्टीको प्रथम गाउँपालिका समितिको अधिवेशनले क्षेत्रीको सभापतीत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपसभापतीमा शालिग्राम मिश्र (सुरज), सचिवमा किरण सुबेदी तथा कोषाध्यक्षमा पबित्रा बास्तोला (पाण्डे) चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रेम थापा, मन कुमार बगाले, मित्रलाल गुरुङ, बिष्णु पाण्डे, सङ्गिता ओझा र जानकी सापकोटा (तिवारी) चयन भएका छन् ।

उक्त अधिवेशन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वास्थ्य विभाग प्रमुख डा.रुपक घिमिरे, तनहुँ क्षेत्र नम्बर १ का क्षेत्रिय निर्वाचन समितिका सभापति विष्णु बहादुर पन्त, व्यास नगर समितिका सभापती चूडामणि दाहाल, बन्दीपुर गाउँपालिकाका सभापति सम्भु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

रास्वपा देवघाट गाउँपालिकाका संस्थापक संयोजक गोविन्द न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सचिव किरण सुवेदीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण