घिरिङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १८

घिरिङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिका खोप समन्वय समिती घिरिङ गाउँपालिकाको आयोजनामा सोमबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा पत्रमा हस्ताक्षर गरि उक्त घोषणा गरेका थिए ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सन्चालित खोप अभियान पुर्ण भएपछि उक्त घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यकर्मीहरुको घरधुरी सर्वेक्षणले देखाएको तथ्यांक अनुसार गाउँपालिका भित्रका १६ देखि ५९ महिना सम्मका बालबालिकाले पुर्ण खोप प्राप्त गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, स्वास्थ्य कार्यालय तनहुँका खोप सुपर भाईजर शंकरबाबु अधिकारी, वडा नम्बर १ का अध्यक्ष रविचन्द्र घोरासिनी, नेकपा एमाले घिरिङ गाउँ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठ, साभुङ स्वास्थ्य चौकीका प्रमुख मनप्रसाद रानाभाट लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शिक्षक, बुद्धिजीवी, राजनितिक दलका प्रतिनिधि स्वयंसेविक, स्वास्थ्यकर्मीहरुले आगामी दिनमा समेत खोप अभियानलाई दिगोपना राख्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त कार्यक्रमको सन्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा खोप समन्वय सचिव कृष्ण प्रसाद रिमालले गरेका थिए भने स्वागत मन्तव्य जनस्वास्थ्य अधिकृत सुविन श्रेष्ठले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण