मधुवन सामुदायिक वनद्वारा चप्पल बनाउने तालिम सन्चालन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, जेठ १८

देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा देवघाट गाउँपालिकाको सहकार्यमा महिला सशक्तीकरण, जीविकोपार्जन तथा उद्यम विकासलाई लक्षित गर्दैे चप्पल बनाउने १५ दिनको तालिम आयोजना गरिएको छ ।

सो तालिमको सोमबार देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे । तालिम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष थापाले विकासलाई केवल सडक र भवन निर्माणमा सीमित नराखी नागरिकको जीवनस्तर उकास्ने सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए । ‘हातमा सीप भए युवा कहिल्यै बेरोजगार हुँदैन’ अध्यक्ष थापाले भने अहिलेको आवश्यकता उत्पादनमुखी शिक्षा र व्यावहारिक सीप हो ।’ विदेशी भूमिमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमै श्रम र सीपमार्फत सम्मानित जीवन जिउन सकिने वातावरण निर्माण गर्न पालिका प्रतिबद्ध रहेको अध्यक्ष थापाले बताए ।

उक्त कार्यक्रममा स्थानीय वन महासंघ देवघाटका अध्यक्ष प्रविण कार्कीले तालिममा सिपेको सिप व्यवहारमा उतार्न सके मात्र यसको वास्तविक सार्थकता हुने बताए । धेरै तालिमहरू कागज र भाषणमै सीमित भएको भन्दै उनले व्यवहारमा लागू भएन भने तालिम लिनुको कुनै अर्थ नहुने बताए ।

देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले महिलाको सशक्तीकरण र पारिवारिक अर्थतन्त्र मजबुत बनाउन यस्ता सीपमूलक तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले नेपाली समाजमा तालिम, भाषण र योजनाहरू व्यवहारमा कार्यान्वयन हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए । उनले अझै धेरै महिलाहरू सामान्य आवश्यकताका सामान किन्न पनि परिवारमा निर्भर हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सीपलाई आयआर्जनमा रूपान्तरण गर्न सके महिलाहरू आत्मनिर्भर बन्न सक्ने बताए ।

सवडिभिजन वन कार्यालय देवघाटका अधिकृत नवीन विश्वकर्माले तालिमपछि कच्चा पदार्थ, आवश्यक मेसिन, बजार व्यवस्थापन तथा उत्पादनको प्रतिस्पर्धात्मक अवस्थाबारे गम्भीर अध्ययन आवश्यक रहेको बताए । बजारसँग प्रतिस्पर्धा गर्न थप मेहनत, गुणस्तर र निरन्तर अभ्यास आवश्यक पर्ने उनको भनाइ थियो ।

मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले वन केवल रुखबिरुवा संरक्षण गर्ने थलो मात्र नभई स्थानीय नागरिकको जीवनस्तर परिवर्तन गर्ने आधार पनि भएको बताए । ‘जंगल जोगाएर मात्रै पुग्दैन, जंगलसँग जोडिएका नागरिकको जीवन पनि जोगिनुपर्छ’ उनले भने ‘जबसम्म गाउँमा सीप, उत्पादन र स्वरोजगारको वातावरण बन्दैन तबसम्म विकासका नारा भाषणमै सीमित हुन्छन् ।’

अध्यक्ष गिरीले १५ दिने तालिमलाई केवल औपचारिक कार्यक्रम नभई गाउँको भविष्य बदल्ने अभियानका रूपमा व्याख्या गर्दै सहभागीहरूलाई सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गरे । स्थानीय तह, संघसंस्था र समुदाय एकजुट भएर उत्पादनमुखी अभियानमा लागे मात्र वास्तविक समृद्धि सम्भव हुने उनको भनाइ थियो ।

कार्यक्रममा स्वागत मन्तव्य मधुवन सामुदायिक वनकी उपाध्यक्ष कमला देवकोटाले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव गोपी अछामीले गरेका थिए ।

स्थानीय स्तरमै सीप, श्रम र उत्पादनमार्फत आत्मनिर्भर समाज निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिममा ३२ जना सहभागी रहेका छन् । तालिमका सहभागीलाई खगीसरा नेपालीले चप्पल बनाउने सिप सिकाउनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रास्वपा शुक्लागण्डकीको प्रथम नगर अधिवेशन सम्पन्न, हरि खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

तनहुँ । जेठ १७ शुक्लागण्डकी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशन आइतबार