जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

Devghat Online

शेयर गरौ

तनहँ । जेठ १९

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले सार्वजानिक बिदा दिएको छ । जेठ २१ गते परेको जातिय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा भानु नपा, शुक्लागण्डकी नपा, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाले सार्वजानिक बिदा दिएका हुन् ।

नेपालको संविधानले बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको र विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सदभावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै सबै प्रकारका जातिय भेदभाव तथा छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागिता मूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङकल्प लिईएको भन्दै तनहुँका स्थानीय तहहरुले सोही कारण जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको दिन पालिका अत्यावश्यक सेवा बाहेकका मातहतको वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा सामुदायिक एंव नीजि शैक्षिक संस्थाहरुमा स्थानीय बिदा गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता