जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

Devghat Online

शेयर गरौ

तनहँ । जेठ १९

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले सार्वजानिक बिदा दिएको छ । जेठ २१ गते परेको जातिय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा भानु नपा, शुक्लागण्डकी नपा, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाले सार्वजानिक बिदा दिएका हुन् ।

नेपालको संविधानले बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको र विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सदभावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै सबै प्रकारका जातिय भेदभाव तथा छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागिता मूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङकल्प लिईएको भन्दै तनहुँका स्थानीय तहहरुले सोही कारण जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको दिन पालिका अत्यावश्यक सेवा बाहेकका मातहतको वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा सामुदायिक एंव नीजि शैक्षिक संस्थाहरुमा स्थानीय बिदा गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले