मिनी ट्रक र एम्बुलेन्स ठोक्किँदा सात जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २१

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा बिहीबार बिहान मिनी ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये एम्बुलेन्समा सवार एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी थर्पुका अनुसार बिहीबार बिहान करिब ६ः२० बजे पोखराबाट दमौली आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु प्र ०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परि एम्बुलेन्समा सवार ६ जना र मिनी ट्रकका चालक घाइते भएका हुन् । घाइतेहरूलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको छ ।

घाइतेमध्ये दुई जनाको तनहुँकै झरौटास्थित जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । अस्पतालका अनुसार एम्बुलेन्स चालक रोल्पा थवाङ गाउँपालिका–२ बस्ने २४ वर्षीय कुशल परियार र सोही ठाउँकी ६१ वर्षीया जुनराखी बुढा मगरको अवस्था मध्यम रहेको छ ।

यस्तै, दमौलीस्थित प्रादेशिक अस्पतालमा चार जनाको उपचार भइरहेको छ । घाइतेमध्ये रोल्पा थवाङ गाउँपालिका–२ दहबार बस्ने २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको अनुहार, छाती, टाउको र दाहिने खुट्टाको साप्रामा चोट लागेको छ ।

सोही अस्पतालमा उपचारत अन्य घाइतेहरूमा अन्जनाका ३ वर्षीय छोरा युवान बुढा मगर, पूर्वी रुकुम भुमे गाउँपालिका–७ बस्ने ३६ वर्षीया चिजमाया घर्ती र रोल्पा थवाङ–२ का ६० वर्षीय धन प्रसाद बुढा मगर रहनुभएको छ । धन प्रसाद ढाड र छातीमा प्लास्टर गरिएका स्पाइनल हड्डी फ्याक्चरका पुराना बिरामी समेत हुन् । उनीहरू तीनै जनाको अवस्था मध्यम छ ।

यसैगरी दुर्घटनामा घाइते भएका मिनी ट्रक चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३८ वर्षीय महेन्द्र रानाभाटको पनि उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ऋषिङलाई पूर्णखोप सुनिश्चित घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणीकरण सम्पन्न

तनहुँ । जेठ २० ऋषिङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणीकरण कार्यक्रम

विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस, तनहुँका नौ स्थानीय तहमा सार्वजानिक बिदा

तनहुँ । जेठ २० विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । नेपाल सरकारले