तनहुँ । जेठ २३
पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुँमा सडक सचेतना अभियान सुरु गरिएको छ । पछिल्लो समयमा सवारी दुर्घटनाका घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा मुख्य सडक मार्गमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सुरु गरेका हुन् ।



अभियान अन्तर्गत चालक, सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा, सवारी साधनको गति नियन्त्रण, लेन अनुशासन, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायत विषयमा सचेतना प्रदान गरिएको छ । प्रहरीले दुर्घटना न्यूनीकरणका लागि बिहानको समयमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाएको छ ।
बिहानिको समयमा बढ्दै गइरहेको दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँद्वारा संयुक्त रुपमा मुख्य सडक मार्गमा सचेतना कार्यक्रम शुरु गरिएको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार जेठ २२ गते विहान ६ बजेदेखि २३ गते विहान ६ बजेसम्म तनहुँका ३ वटा सवारी दुर्घटना भएको छ । जसमा ४ जना घाइते भएका छन् । जसमा गम्भिर घाईते १ जना, मध्यम १ जना र सामान्य घाइते २ जना रहेका छन् ।











