सडक पेटी अबरुद्ध हुने गरि निर्माण गरिएका संरचना हटाउन व्यास नपाको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २५

व्यास नगरपालिकाले सडक अधिकार क्षेत्र तथा सडक पेटी अवरुद्ध हुने गरि निर्माण गरिएका संरचना हटाउन अनुरोध गरेको छ । नगरपालिकाले सुचना प्रकाशन गरि ३५ दिन भित्र अतिक्रमित संरचना हटाउन अनुरोध गरेको हो ।

‘सडक क्षेत्र भित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्नु सबै नगरबासीको कर्तव्य हो । यस नगरपालिकाको केन्द्रमा रहेको दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्र तथा सडक पेटी अवरुद्ध हुने गरी पक्की संरचना, बरन्डा तथा टिनका संरचनाहरू निर्माण गरेको पाईएकाले त्यस्ता संरचनाहरू हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालाहरूलाई व्यास नगर कार्यपालिकाको मिति २०८३/०२/२२ गते बसेको २३८ औं बैठकले निर्णय गरेकाले यो ३५ (पैंतीस) दिने सूचना जारी गरिएको छ ।’ नगरपालिकाले प्रकाशित गरेको सुचनामा जनाईएको छ ।

उक्त अवधिभित्र सम्बन्धित घरधनीले आफ्नै पहलमा उक्त संरचना नहटाएमा प्रचलित कानुन बमोजिम व्यास नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी त्यस्ता संरचनाहरू हटाउने नगरपालिकाका इन्जिनियर अमृत केसीले प्रकाशित गरेको सुचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर