अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २६

जिल्ला प्रहरी कार्यालयले अबैध रुपमा नदिजन्य पदार्थ उत्खननमा संलग्न सवारी साधन नियन्त्रणमा लिएको छ ।

गत आइतबार शुक्लागण्डकी नगरपालिका–५ दुन्दुरेघाट नजिक सेती नदी किनारमा खटिइगएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बिना कानुनी कागजात अवैध रुपमा नदिजन्य पदार्थ चोक्कर उत्खनन गर्दै गरेको अवस्थामा एक सवारी साधन (ट्याक्टर) फेला पारी नियन्त्रणमा लिएको थियो ।

उक्त सवारी साधनलाई आवश्यक कारवाहीको लागी सोही दिन शुक्लागण्डकी नगरपालिकाको कार्यालय पठाईएकोमा नगरपालिकाले मंगलबार १२ हजार रुपैयाँ जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा