देवघाटमा बृहत रक्तदान, ५४ जना रक्तदाता

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २७

समाजमा स्वार्थ, निराशा र आत्मकेन्द्रित सोच बढ्दै गइरहेको बेला तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर चोकमा सम्पन्न बृहत रक्तदान कार्यक्रमले मानवता अझै जीवित रहेको सशक्त सन्देश दिएको छ । लायन्स क्लब अफ देवघाट, नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखा, लियो क्लब अफ देवघाट चौतारी तथा देवघाटधाम जेसिजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ५४ जना स्वेच्छिक रक्तदाताले रक्तदान गर्दै जीवन बचाउने अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भुवन सिं गुरुङले रगतको अभावका कारण कुनै पनि बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए । उनले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा पवित्र र प्रभावकारी सामाजिक अभियानको रुपमा व्याख्या दिँदै स्वस्थ नागरिकलाई नियमित रक्तदानमा सहभागी हुन आग्रह गरे ।

लायन्स क्लब अफ देवघाटका अध्यक्ष आत्मराम पाण्डेले “रक्तदान जीवनदान हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्न कार्यक्रम आयोजना गरिएको बताए । रगत कुनै उद्योग वा कारखानामा उत्पादन गर्न नसकिने र यसको एकमात्र स्रोत स्वस्थ मानिस नै भएकाले रक्तदानको विकल्प नरहेको उनको भनाइ थियो ।

अध्यक्ष पाण्डेले पछिल्लो समय समाजमा बढ्दै गएको विकृति, विसंगति र आत्मकेन्द्रित प्रवृत्तिका बीच रक्तदान कार्यक्रमले मानवताको भावना अझै बलियो रहेको प्रमाणित गरेको बताए । ‘एक थैली रगतले कसैको अमूल्य जीवन बचाउन सक्छ, त्यसैले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्छ’ उनले भने ।

बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमले रगत अभाव न्यूनीकरणमा सहयोग पु¥याउनुका साथै सामाजिक उत्तरदायित्व, परोपकार र मानवीय सेवाको संस्कारलाई थप मजबुत बनाएको आयोजकहरूको विश्वास छ ।

क्लवका अध्यक्ष आत्माराम पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रहरी, गुरुकुलका छात्र तथा विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन