तनहुँ कारागारबाट फरार तामाङ पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । असार ८

जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक व्यक्तिलाई प्रक्राउ गरेको छ । लागुऔषध कसुरमा पुर्पक्षका लागि थुनामा रहेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ घर भई हाल पोखरा महानगरपालिका–९, सिम्पानी बस्दै आएका ३० वर्षीय जयकुमार बल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका तामाङलाई जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक