टिप्पर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । असार ८

तनहुँको छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिकामा भएको टिप्पर दुर्घटनामा परेर व्यास नगरपालिका–४ निवासी ३६ वर्षीय चालक चुनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बन्दीपुर गाउँपालिका–४ गुम्बास्थित सडकमा ग १ क ५४६६ नम्बरको टिप्पर नियन्त्रण गुमाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक श्रेष्ठलाई तत्काल उपचारका लागि पोखरा पठाइएकोमा उपचारकै क्रममा आइतबार साँझ ७ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैगरी, पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ सडक खण्डमा भएको अर्को सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका दुईमध्ये एकको अवस्था मध्यम र अर्का एक जनाको अवस्था सामान्य रहेको छ । उनीहरूको उपचार भइरहेको प्रनाउ घिमिरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक