देवघाटको बजेट ५५ करोड ५८ लाख

Devghat Online

शेयर गरौ

देवघाट । असार १०

यसैगरि देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ५५ करोड ५८ लाख ६७ हजार को अनुमानित बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये चालु खर्च तर्फ ३९ करोड १७ लाख ५० हजार र पुँजिगत खर्च तर्फ १६ करोड ४९ लाख १७ हजार विनियोजन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले बुधबारको गाउँसभाको अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

बजेटका श्रोतहरुमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त ८ करोड ३२ लाख, राजब वाँडफाडबाट ८ करोड ४५ लाख ३४ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ कूल २२ करोड ५६ लाख ३२ हजार, पुँजीगत तर्फ १ करोड १२ लाख, संघीय विशेष अनुदान अन्तर्गत प्राप्त ८६ लाख, संघीय समपुरक अनुदान ७० लाख, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान ९७ लाख १ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त ४० लाख, प्रदेश समपुरक अनुदान ६० लाख, प्रदेश राजश्व बाँडफाँड ६० लाख र आन्तरिक आय ८ करोड अनुमान गरिएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यसअघि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प लिईएको छ । उक्त संकल्प पुरा गर्न दिगो विकासको राष्ट्रिय लक्ष्यहरुलाई स्थानीयकरण गर्दै नागरिकको आधारभुत आवश्यकता पुरा गर्ने उद्देश्यका साथ धार्मिक पर्यटनको प्रबद्र्धन, गुणस्तरीय पुर्वाधार निर्माण, कृषिमा आत्मनिर्भर बन्दै आयआर्जनमा बृद्धि र स्वरोजगार कार्यक्रममा प्राथमिकता दिन तथा स्थानीय श्रोतको पहिचान र परिचालन गरि समावेशी र दिगो आर्थिक विकास मार्फत सार्वजानिक, समुदाय र नीजि क्षेत्रको साझेदारी गरिने मुख्य लक्ष्य लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको