ऋषिङको बजेट ५३ करोड ६२ लाख

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

यस्तै ऋषिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५३ करोड ६२ लाख ५० हजार रहेको छ । गाउँ सभाको २१ औं अधिवेशनमा उपाध्यक्ष गिनुमाया थापाले उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।

जसमध्ये आन्तरकि आयबाट करोड ५० लाख आम्दानी हुने ऋषिङले अनुमान गरेको छ । त्यस्तै संघीय सरकारको वत्तियि समानीकरण अनुदान तर्फ १० करोड ३७ लाख, राजस्व बाँडफाँडबाट ९ करोड ७८ लाख ९४ हजार, समपूरक अनुदान तर्फ ८५ लाख, सशर्त अनुदान तर्फ २४ करोड १९ लाख रहेको छ ।

त्यस्तै प्रदेश सरकारको वत्तियि समानीकरण तर्फ १ करोड २६ लाख ८० हजार, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ९० लाख ० हजार, समपूरक अनूदान तर्फ ६० लाख अनुमान गरिएको छ । त्यस्तै चालू आर्थिक बर्ष २०८२/०८३ को बैक मौज्दात १ करोड ५० लाखको अनुमान गरिएको छ भने वविधि आय अन्तरर्गत तनहुँ हाईड्रोपावर मार्फत हस्तान्तरण हुने कुल ५० लाख अनुमान गरिएको छ ।

यस्तै गाउँसभाको उक्त अधिवेशनमा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक