भानुको बजेट ८० करोड ८० लाख

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

यसैगरि भानु नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८० करोड ८० लाख ४८ हजार २९१ रुपैयाँको अनुमानित आय व्यय पेश गरेको छ । अठारौं नगरसभामा नगर उपप्रमुख उमा गोतामेले उक्त आय व्यय प्रस्तुत गरेकी थिइन् । बजेटका श्रोतहरुमा संघीय समानीकरण अनुदानबाट १२ करोड ५४ लाख ६९ हजार, संघीय सशर्त (चालु) ४० करोड ९१ लाख ९० हजार, संघीय सशर्त (पुँजीगत) १ करोड २ लाख ५८ हजार २ सय ७७, संघीय राजस्व बाँडफाँड ९ करोड ९६ लाख १६ हजार ७ सय ६३, प्रदेश समानीकरण अनुदान १ करोड ३८लाख ७ सय ५०, प्रदेश विशेष (पुँजीगत) २० लाख, प्रदेश समपूरक (पुँजीगत) ३६ लाख६६ हजार, प्रदेश राजस्व बाँडफाँड १ करोड ९ लाख १२ हजार ९ सय २७ रहेको छ ।

नगर सभामा नगर प्रमुख आनन्दराज त्रिपाठीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भानु नगरपालिकाले नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रचार प्रसार गरी पर्यटन प्रवर्धन गरीने पनि नगरपालिकाको नीति छ । भानु नगरपालिकाले ‘साहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौँ समृद्व र समुन्नत भानु राम्रो’ भन्ने नारालाई आत्मसात गर्दै आ.व.२०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । त्यस्तै पूर्वाधार विकास तर्फ नगरपालिका स्तरका रुपान्तरणकारी तथा प्रतिफलमूखी आयोजनाहरू पहिचान मार्फत आयोजनाहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गरी प्राथमिकताका आधारमा आयोजना बैङ्क तयार गरी कार्यान्वयन गरिने’ भएको छ । बाह्रै महिना सहजरूपमा आवतजावत गर्न सक्ने गरी नगरपालिका स्तरीय सडकहरू स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

भानु साहित्य उद्यानमा निर्माणाधिन पूर्वाधारबाट नगरवासीहरुलाई लाभ पुग्ने गरी कार्यक्रम तर्जुमा गरी लागु गरिनेछ । कृषिको आधुनिकिकरण, यान्त्रिकरण, व्यवसायीकरणका साथै बजारीकरणमा जोड दिँदै स्थानीय उत्पादनलाई बजारीकरण मार्फत कृषकहरूको आय आर्जन वृद्धि गर्न “स्थानीय उत्पादन हाट बजारमा सम्मान” अभियानका साथ कृषि हाट बजार सञ्चालन गरिने छ । माटोको गुणस्तर पहिचान गरी आवश्यक सुधारका लागि माटो परिक्षण कार्यक्रमलाई निरन्तरता दिनुका साथै उपयुक्त बाली तथा मलखाद सिफारिस गरिने छ ।

सम्भावनाका आधारमा बाली विशेषका उत्पादन पकेट क्षेत्र निर्धारण गरी सुन्तला, कागती, कफी, अदुवा, तोरी, निवुवा, उखु, रायो, लसुन लगायतका उच्च मूल्यका कृषि उपज उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि अनुदान उपलब्ध गराइने छ । कृषि उत्पादनमा आधारित साना उद्योगलाई प्रवर्धन गरिने छ । कृषि औजार तथा रासायनिक मल सहज र सुलभ किसिमले उपलब्ध गराइने छ । कषि योग्य भूमी बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गरी कृषि तथा पशुजन्य व्यवसाय मार्फत आय आर्जन गर्न इच्छुक कृषक, कृषि फर्म र कृषि सहकारीलाई बाँझो जग्गामा उत्पादन प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय