भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा तामाङ बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । असार २०

व्यास नपा–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा सन्त तामाङ निर्वाचित भएका छन् । उपभोक्ता संस्थाको शुक्रबार भएको निर्वाचनमा तामाङ बिजयी भएका हुन् ।

निर्वाचनमा तामाङले १७८ मत पाएका थिए भने उनका प्रतिस्पर्धी रामकुमार गोशलेले ५९ मत पाएका थिए । उपभोक्ता संस्थाको अध्यक्ष पदहरु भने सर्वसम्मत भएको छ । निर्वाचनका समितिका अनुसार समितिको उपाध्यक्षमा राजेश्वर हड्खले, सचिवमा विष्णुबहादुर बस्नेत, कोषाध्यक्षमा सहविर उचाई र सहसचिवमा शान्ता खवास चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेन्द्र दरै, चन्द्रीदेवी श्रेष्ठ तिवारी, दिपा आचार्य, अप्सरा रानाभाट, श्रीभद्र कंडेल, सञ्जय गुरुङ, गंगाप्रसाद पोखरेल र सोमनाथ पौडेल चयन भएका छन् ।

कुल ३०४ जना मतदाता मध्ये निर्वाचनमा २३९ मत खसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही उपभोक्ताले उक्त निर्वाचन प्रक्रिया स्थगित गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निबेदन दिएको थियो । यद्यपी दुई तिहाई भन्दा बढि उपभोक्ताले मतदान प्रक्रियामा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा