दुई मन्त्रीले गरेका कालीगण्डकी नदीको पुलको निरिक्षण

Devghat Online

शेयर गरौ

तनहुँ । असार २०

संघीय सरकारका दुई मन्त्रीले लुम्बिनी प्रदेशको पाल्पा जिल्ला र गण्डकी प्रदेशको तनहुँ जिल्ला जोड्ने कालीगण्डकी नदीको मोटरेवल पुलको निरिक्षण गरेका छन् । कालीगण्डकी करिडोरको अवलोकनमा निस्किेका पुर्वाधार विकास मन्त्री शुनिल लम्साल र संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री गणेश पौडेलले शुक्रबार उक्त पुलको निरिक्षण गरेका हुन् । सो निरिक्षण तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेको पनि सहभागिता थियो ।

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार स्थित कालीगण्डकी करिडोरमा जोड्ने कालीगन्डकी नदीमाथि पक्की पुल निर्माण भई गत वर्षबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् ।

पुल निर्माणको ठेक्का युनाइटेड विल्डर्सले पाएको थियो । कूल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नम्बर ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा रु २७ करोड लगानी भएको हो । उक्त मोटरेबल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए ।

सो अवसरमा पुर्वाधार विकास मन्त्री लम्सालले तनहुँको कृष्णमार्ग र श्रृङ्गपथ यसै वर्षभित्र ठेक्का प्रक्रियामा प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा