विभिन्न स्थानमा सांसद न्यौपानेको ‘जनसंवाद–२’, दुई विद्यालयमा स्मार्ट बोर्ड प्रदान

Devghat Online

शेयर गरौ

तनहुँ । असार २०

तनहुँ क्षेत्र नम्बर २ का सांसद ई.श्रीराम न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रमा दोस्रो चरणको ‘सांसद जनसंवाद कार्यक्रम–२’ सुरु गरेका छन् । उक्त जनसंवाद कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा जनतासँगको भेटघाट तथा छलफल गरिएको छ ।

उक्त कार्यक्रम अन्तर्गत ऋषिङ्ग गाउँपालिका–४ मधुवन, घिरिङ गाउँपालिका–४ गड्यौलीटार तथा घिरिङ गाउँपालिका–१ पुट्टारमा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा सांसद न्यौपानेले सरकारका काम कारवाही, स्थानीय स्तरका विकास निर्माण तथा सरकारबाट प्राप्त बजेटको कार्यान्वयनको बारेमा छलफल भएको बताईएको छ ।

यसैगरि सांसद न्यौपानेले घिरिङ गाउँपालिका–१ पुट्टारमा सञ्चालित कालिगण्डकी प्राविधिक शिक्षालयका बारेमा चासो लिदै सम्बन्धित शिक्षालयको निरिक्षण गरेका छन् ।

यस्तै सांसद न्यौपानेले घिरिङ गाउँपालिका वडा नम्बर १ को दुई वटा सामुदायिक विद्यालयमा एआई प्रविधि युक्त डिजिटल स्मार्ट बोर्ड उपलब्ध गराएका छन् । सांसदको रुपमा राज्यबाट प्राप्त भएको पारिश्रमिकबाट घिरिङ गाउँपालिका–१ को कृष्ण मावि पुट्टार तथा दिपक मावि बैडीमा एआई प्रविधयुक्त स्मार्टबोर्ड जडान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले