आबुँखैरेनीसँग चितवनको दुई स्थानीय तह जोड्न त्रिशुली नदीमा दुई वटा झोलुङ्गे पलु निर्माण हुने

Devghat Online

शेयर गरौ

तनहुँ । असार २०

बाग्मती प्रदेश सरकारद्वारा आँबुखैरेनी गाउँपालिकालाई चितवन भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न भागमा जोड्न त्रिशुली नदीमा दुई वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । उक्त दुई पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ चितवन तथा आँबुखैरेनी गाउँपालिका–४ र चितवनको इच्छाकामना गाउँपालिका जोड्नकोलागि त्रिशूली नदीमा २ वटा झोलुङ्गे पुल निर्माणका ५० लाखका दरले बजेट विनियोजन भएको हो ।

दुई स्थानमा झोलुङ्गे पुल बनेपछि सर्वसाधारणलाई आवतजावतमा सहज हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । आँबुखैरेनी गाउँपालिकाको आवश्यकता र अनुरोधलाई विशेष प्राथमिकता राखेर बाग्मती प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट बजेट विनियोजन भएको अध्यक्ष चुमानले बताए ।

अध्यक्ष चुमानका अनुसार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र मन्त्रालयका प्रदेश सचिव इञ्जिनियर ईश्वरचन्द्र मरहठ्ठाको विशेष भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ