बन्दीपुरको ६८ करोड ७८ लाखको बजेट पारित

Devghat Online

शेयर गरौ

तनहुँ । असार २१

बन्दीपुर गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि ६८ करोड ७८ लाख ८० हजार ८४९ को बजेट पारित भएको छ । आइतबार आयोजित गाउँसभाको १९ औं बैठकले यसअघिको बैठकमा गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङले प्रस्तुत गरेको उक्त बजेट सर्वसम्मतरुपमा पारित गरेको हो ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बन्दीपुरको बजेट ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा हुने भएको छ । प्रस्तुत बजेटको श्रोतमा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट ६४ करोड ३८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा, अनिवार्य दायित्वतर्फ ४ करोड तथा लागत सहभागितातर्फ ४० लाख समावेश गरिएको छ । बजेट विनियोजन अनुसार पूर्वाधार विकासतर्फ १३ करोड १२ लाख ८३ हजार २८० रुपैयाँ ३० पैसा, आर्थिक विकासतर्फ २ करोड ९५ लाख, सामाजिक विकासतर्फ ९ करोड ३८ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १३ करोड ४० लाख ९७ हजार ५ सय ६९ तथा छ वटै वडाका पूर्वाधारसहित विभिन्न विषयगत कार्यक्रमतर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ ।

बन्दीपुरले ‘पर्यटन, कृषि, शिक्षा र पूर्वाधार समृद्ध बन्दीपुर निर्माणको मुल आधार’ मुल नारा रहेको नीति तथा कार्यक्रम पारित गरेको छ । नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छीपालन ब्यवसायीकरण गर्ने, दुग्ध उत्पादक सहकारीमा संस्थामा आबद्ध बन्दीपुर गाउँपालिका भित्रका कृषकहरुलाई दुग्ध उत्पादनमा प्रोत्साहन गर्नको लागि हाल दिदै आएको उत्पादनमा आधारित प्रति लिटर २ रुपैया कार्यक्रमलाई निरन्तरता दिने तथा गाउँपालिका र प्रदेश सरकारसगँको सहकार्यमा बन्दीपुरे जनताले उपभोग गर्ने वस्तुहरूको उत्पादनलाई अभिवृद्धि गर्न साना उधोग स्थापनाको लागि आवश्यक तालिम र प्राविधिक सहयोग उपलब्ध गराउँदै उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।

निर्माणाधीन औधोगिक ग्रामको समयमा नै सम्पन्न गर्ने, स्थानीय आवश्यकताका आधारमा आय तथा रोजगार अभिवृद्धिका लागि महिला, दलित, आदिवासी/जनजाती र विपन्न समुदायलाई लक्षित गरी लघु उधम विकास (मेड मोडल) बमोजिम युवाहरूलाई सीपमूलक तालिम मार्फत नयाँ उधमी सिर्जना गर्ने, ग्रामीण पर्यटन भ्रमण बर्ष २०२६ कार्यक्रम मार्फत बन्दीपुर र बन्दीपुरको ग्रामीण भेगमा पर्यटन व्यवसायलाई थप बिस्तार र स्तरोन्नती गर्ने तथा प्रवद्र्धन गर्दै पर्यटन पूर्वाधार सुधार कार्यक्रमलाई जोड दिने नीति लिईएको छ ।

गण्डकी प्रदेशको दोश्रो पर्यटकीय गन्तव्य एंव पहाडकी रानीको उपनामले परिचित बन्दीपुरको ६ वटै वडामा पर्यटकीय स्थलहरूको दिगो विकासका, संरक्षण संवद्र्धन र प्रवद्र्धन गरी बन्दीपुर गाउँपालिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, पर्यटन डकुमेन्ट्री, पर्यटकिय गाउँ तथा होमस्टे प्रोफाईल तयार गरि डिजिटल मध्यमबाट प्रचार प्रसार गरि ग्रामीण पर्यटनको प्रबर्धन गर्ने तथा बन्दीपुरको पर्यटनलाई विस्तार गर्दै प्रत्येक होम स्टेहरुको गुणस्तर सुधारका लागि नमुना होमस्टे निर्माणका लागि आवश्यकता अनुसारको तालिम र होमस्टे सर्किटको विकास गर्ने नीति बन्दीपुरले लिएको छ ।
गाउँसभाको बैठकमा विभिन्न नीति तथा प्रस्तावहरु पनि पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित