तनहुँ । असार २१
जिल्ला सहकारी संघ, तनहुँले संघको सहयोगार्थ सहकारीसँग सम्बन्धित नेपाली चलचित्र ‘लक्ष्मी प्रसाद’ को च्यारिटी शो गरेको छ । अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर असार २१ गते आइतबार दमौली स्थित दरबार प्यालेसमा उक्त चलचित्रको च्यारिटी शो गरिएको हो । सो अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने सहित जिल्लाका विभिन्न सहकारी संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



संघले आफ्नो आर्थिक व्यवस्थापन, कार्यालयीय व्यवस्थापन र नेपालको सहकारी आन्दोलनका प्रथम पुरुष वखान सिं गुरुङको शालिक निर्माणको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले चलचित्र प्रर्दशन गरिएको अध्यक्ष अधिकारीले बताए । अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारी सहकारीको विषयवस्तुसँग सम्वन्धित उक्त चलचित्र लक्ष्मी प्रसादको च्यारीटी गरिएको अध्यक्ष अधिकारीले बताए ।

जिल्ला सहकारी संघ तनहुँका सहकारीहरुको साझा छाता संगठन भएको र २०३१ सालमा स्थापना भई २०३४ सालबाट आफ्ना गतिविधि सन्चालन गर्न पाउने अनुमती पाएको यस संघले तनहुँको सहकारी प्रवद्र्धन, विकास, वजारीकरण र व्यवसायी करणका कामहरुमा सहयोग गर्दै आएको अध्यक्ष अधिकारीले बताए ।
भोलीका दिनमा पनि सहकारी आन्दोलनलाई व्यवस्थित, मर्यादित, अनुशासित र विधिसंवत ढंगवाट अगाडी बढाउनका लागी अझ जिम्वेवारीका साथ प्रस्तुत हुनपर्ने दायित्व महसुस गरेको र यसकालागी संघ आफै आर्थिक र भौतिक रुपमा व्यवस्थीत र सक्षम हुन आवश्यक रहेको हुँदा संघको आर्थिक सहयोगको लागि उक्त चलचित्रको च्यारिटी शो गरिएको अध्यक्ष अधिकारीले बताए ।











