नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा सोभा

Devghat Online

शेयर गरौ

तनहुँ । असार २२

नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) केन्द्रीय अध्यक्षमा शोभा गुरुङ निर्वाचित भएकी छिन् । महासंघको हालै काठमाडौंमा सम्पन्न २६ औँ राष्ट्रिय महाधिवेशनबाट शोभा निर्विरोध रूपमा केन्द्रीय अध्यक्षमा निर्वाचित भएकी हुन् ।

तनहुँकी स्थायी बासिन्दा गुरुङ विगत तीन दशकदेखि गलैँचा उद्योगमा सक्रिय उद्यमी हुन् । उनले २०४८ सालदेखि आफ्ना बुवाले सञ्चालन गरेको गलैँचा उद्योगबाट व्यावसायिक यात्रा सुरु गरेकी थिइन् । २०५२ सालमा विवाहपछि उनले आफ्नै गलैँचा उद्योग स्थापना गर्दै उत्पादनलाई युरोप, अमेरिका लगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न थालेकी हुन् । टोखा नगरपालिकामा रहेको उनको उद्योगमा हाल करिब २०० जना श्रमिक कार्यरत छन् । उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकी छन् ।

शोभा २०६४ सालमा महासंघको महिला उद्यम समितिमार्फत संस्थागत नेतृत्वमा प्रवेश गरेकी थिइन् । २०७१ सालमा महिला उद्यम समितिको केन्द्रीय अध्यक्ष बनेपछि उनले महासंघमा लगातार दुई कार्यकाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् ।

देशभरका करिब ७ लाखभन्दा बढी घरेलु तथा साना उद्योगी आबद्ध रहेको महासंघको नेतृत्वमा पुगेपछि शोभाले उद्योगीहरुको हितमा काम गर्ने बताइन् । उनले भनिन्, ‘उद्यमीलाई त्रसित बनाउने होइन, सहज वातावरण सिर्जना गर्नुपर्छ आफ्ना सम्पूर्ण सम्पत्ति धितो राखेर उद्योग सञ्चालन गरिरहेका व्यवसायीलाई धम्की दिने होइन, उनीहरूको जायज माग सम्बोधन गर्न सरकार तयार हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक