घिरिङले बाँड्यो ५० प्रतिशत अनुदानमा कृषि उपकरण

Devghat Online

शेयर गरौ

तनहुँ । असार २२

घिरिङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । सोमबार गाउँपालिका परिसरबाट ति कृषि उपकरणहरु सम्बन्धित कृषकलाई वितरण गरिएको हो ।

घिरिङ गाउँपालिकाले कृषि उत्पादनको लागत घटाउन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षमा डेढ करोड रुपैयाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत गाउँपालिकाले ७५ लाख रुपैयाँ र सम्बन्धित उपभोक्ताको ७५ लाख गरि डेढ करोडको लागतमा उक्त कृषि उपकरण खरिद गरिक कृषकलाई वितरण गरिएको हो ।

५० प्रतिशत अनुदानमा कृषक तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराईएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । उक्त कार्यक्रम १०० वटा कम्वाईन मिल, २ सय वटा हाते ट्याक्टर, ६० वटा डिजेल ईन्जिन हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए । माग गरेका सबै योग्य कृषकले उक्त कृषि उपकरण प्राप्त गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष थापाले कृषिमा बढ्दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई प्राथमिकता दिइएको बताए । उनका अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई, प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च घट्नेछ भने उत्पादकत्व वृद्धि गर्नसमेत सहयोग पुग्नेछ ।

 

कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष थापाले बताए । ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण प्राप्त गरेपछि खुसीहुँदै कृषकहरुले आफुहरुले माग गरेकै आधारमा गाउँपालिकाले उपकरण प्रदान गरेको बताए । अव यसको माध्यमबाट कृषी उत्पादकत्व बृद्धि गर्न लागिपर्ने उनीहरुले बताएका छन् ।

यसैगरि गाउँपालिकाले ४ जना सेवाग्राहीलाई आधुनिक आरन पनि प्रदान गरेको छ । उक्त आरन शतप्रशित अनुदानमा उपलब्ध गराईएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित