सौन्दर्य अभिवृद्धिकालागि देवघाटको वडा कार्यालय परिसरमा चाइनिज दुबो रोपण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार २३

धार्मिक तथा पर्यटकीय महत्व बोकेको देवघाटधामको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले देवघाट गाउँपालिका–५ ले वडा कार्यालय परिसरमा चाइनिज दुबो रोपण गरेको छ । ५० हजार रुपैयाँ बजेटको योजना अन्तर्गत मुख्य चोकस्थित वडा कार्यालय परिसरलाई हराभरा, सफा र व्यवस्थित बनाउने अभियान सुरु गरिएको हो ।

देश–विदेशबाट हरेक वर्ष हजारौँ श्रद्धालु तथा पर्यटक आउने देवघाटधाममा प्रवेश गर्ने क्रममा वडा कार्यालय परिसर पनि प्रमुख रूपमा देखिने स्थानमध्ये एक हो । यही कारण सार्वजनिक स्थललाई व्यवस्थित, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यले चाइनिज दुबो रोपण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष पूर्णबहादुर कुँवरका अनुसार ५० हजार रुपैयाँ लागतमा सञ्चालन गरिएको योजनाले वडा कार्यालय परिसरलाई हराभरा बनाउनुका साथै देवघाटको समग्र वातावरण र सौन्दर्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धनसँगै सार्वजनिक स्थलको संरक्षण, हरियाली विस्तार र वातावरणमैत्री पूर्वाधार विकासलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए ।

उनले भने, ‘देवघाट देश–विदेशबाट श्रद्धालु र पर्यटक आउने महत्वपूर्ण धार्मिक स्थल हो । मुख्य चोकमै रहेको वडा कार्यालय यहाँ आउने अधिकांशको नजरमा पर्ने स्थान भएकाले परिसरलाई हराभरा र व्यवस्थित बनाउने उद्देश्यले चाइनिज दुबो रोपेका छौँ । यसले वातावरण संरक्षणसँगै देवघाटको सौन्दर्यलाई थप निखार्ने विश्वास लिएका छौँ । आगामी दिनमा पनि सार्वजनिक स्थलहरूको सौन्दर्यीकरण र हरियाली प्रवद्र्धनलाई निरन्तरता दिनेछौं ।’

वडा सदस्य कमला गुरुङका अनुसार हरियाली अभियान केवल सौन्दर्य बढाउने कार्यक्रम मात्र नभई वातावरण संरक्षण, सरसफाइ र सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने अभियान पनि हो। सार्वजनिक सम्पत्तिको संरक्षण र हरियाली विस्तारमा सबै नागरिकको साझा दायित्व रहने उनले बताइन् ।

‘धार्मिक स्थल भनेको केवल मन्दिर र पूजा–आराधनाले मात्र सुन्दर हुँदैन । वरपरको वातावरण पनि त्यत्तिकै आकर्षक, सफा र हराभरा हुनुपर्छ । देवघाटमा आउने प्रत्येक तीर्थयात्री र पर्यटकले यहाँबाट सकारात्मक सन्देश लिएर फर्कून् भन्ने हाम्रो चाहना हो । सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ वडा कार्यालय परिसरबाट हरियाली अभियान सुरु गरेका हौँ । आगामी दिनमा यसलाई अन्य सार्वजनिक स्थलमा समेत विस्तार गर्ने योजना छ’ गुरुङले भनिन् ।

प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमका रूपमा परिचित देवघाटधाममा स्थानीय तहबाट सञ्चालन भइरहेका यस्ता हरियालीमूलक अभियानले वातावरण संरक्षणप्रति जनचेतना बढाउनुका साथै धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल