तनहुँ । असार २८
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीको पावन अवसरमा तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको प्राङ्गणमा ‘खुल्ला कविता र रामायण वाचन प्रतियोगिता’ सोमबार सम्पन्न भयो ।



भानु नगरपालिका र आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको संयुक्त आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।
‘एक दिन नारद सत्यलोक पुगि गया लोकको गरूँहित भनि…’ भन्ने आदिकविको प्रसिद्ध श्लोकको स्मरण गर्दै सुरु भएको रामायण वाचन प्रतियोगितामा १४४ प्रतिश्पर्धीहरुले श्लोक वाचन गर्दै आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेका थिए । दुवै विधाका प्रतियोगिताहरूमा प्राप्तांकका आधारमा बिजयी घोषणा गरिएको थियो ।

जस अनुसार खुल्ला कविता प्रतियोगिता तर्फ नारायणी अधिकारी प्रथम, सञ्चिता शर्मा द्वित्तिय, राममाया श्रेष्ठ तृतीय र दयाराम पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
त्यसैगरि रामायण वाचन प्रतियोगिता तर्फ पुनम सुनार प्रथम, सुजाता पौडेल द्वित्तिय, सरस्वती डौलीया तृतिय र अवनी काफ्लेले सान्त्वना स्थान प्राप्त गरेका छन् । विजयीहरुलाई असार २९ गते मंगलबार भानु जयन्तीको दिन आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिने भएको छ ।












