बन्दीपुर र भानु जोड्ने पक्की पुलको मुख्यमन्त्रीद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

तनहुँ । असार २९

बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ जोड्ने चुँदी खोलामा निर्माण गरिएको पक्की पुलको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताए । विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब सात महिना अगाडि सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको मुख्यमन्त्री पाण्डेले बताए ।
‘यो पुल गुणस्तरीय र समयमै विकास आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ’, मुख्यमन्त्री पाण्डेले भने ‘योजना निर्माणमा सबै पक्षको समन्वय र प्रतिबद्धता भए तोकिएको समयअघि नै काम सम्पन्न गर्न सम्भव हुन्छ ।’

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पुल निर्माण पछि यहाँका जनताको आवागमनमा सुविधा पुग्ने बताए ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशको १० करोड १० लाख ९१ हजार १ सय ६६ दशमलव ७ रुपैयाँ लागतमा उक्त पुल निर्माण भएको हो । वाई एस एस निर्माण सेवा, दाङले निर्माण जिम्मा पाएको उक्त पुलको काम २०८३ असार १० सम्म पूरा गर्ने लक्ष्य राखिएकोमा करिब सात महिना अगावै सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय, तनहुँका प्रमुख रविन्द्र तिवारीले जानकारी दिए ।

उक्त पुल निर्माण भएपछि डुम्रे बजार हुँदै लमजुङ, गोर्खा, मनाङ जाने सवारी साधनलाई सहज भएको छ । हाल डुम्रे बजारको एकतर्फी पुलबाट सवारी आगमन हुँदा ट्राफिक जामको समस्या हुने गरेको थियो उक्त पुल निमार्ण सम्पन्न भएपछि विशेष गरी मालसामान ढुवानी गर्ने सवारी साधन र निजी गाडीहरु डुम्रेबजार प्रबेश नगरी सिधै जान पाउने छन् । नयाँ पुल निर्माणपछि विद्यालय जाने विद्यार्थी, स्थानीय बासिन्दा, तथा व्यवसायीहरूलाई प्रत्यक्ष फाइदा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय