देवघाटका समाजसेवी दवाडीद्वारा राष्ट्रिय माविलाई सफ्टवेयर खरिदकालागि सहयोग

Devghat Online

शेयर गरौ

देवघाट । असार ३१

सामुदायिक विद्यालयलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यले चितवनको भरतपुर निवासी चन्द्रप्रसाद दवाडीले राष्ट्रिय माध्यमिक विद्यालय, देवघाट गाउँपालिका–४, काफलडाँडालाई विद्यालय व्यवस्थापन सम्बन्धी सफ्टवेयर खरिदका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

डिजिटल प्रविधिको प्रयोगले विद्यालयको प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने विश्वासका साथ गरिएको उक्त सहयोगले ग्रामीण विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विद्यालयले जनाएको छ ।

विद्यालयका प्रअ विना पौडेलले सफ्टवेयर सञ्चालनमा आएपछि विद्यार्थीहरूको शैक्षिक अभिलेख सुरक्षित र व्यवस्थित रूपमा राख्न, दैनिक हाजिरी, परीक्षा तथा नतिजा व्यवस्थापन, शुल्क व्यवस्थापन, अभिभावकसँग सूचना आदान–प्रदान तथा विद्यार्थीको सिकाइ उपलब्धिको नियमित अनुगमन र विश्लेषण गर्न सहज हुने विश्वास गरिएको पौडेलले बताइन् । यसले शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनको भनाई छ ।

विद्यालयका शिक्षक विष्णु अधिकारीले आजको शिक्षा प्रणालीमा प्रविधिको प्रयोग विकल्प होइन, आवश्यकता बनिसकेको भन्दै समाजसेवी दवाडीले गर्नुभएको सहयोगले विद्यालयलाई डिजिटल व्यवस्थापनतर्फ अगाडि बढ्न ठूलो ऊर्जा मिलेको बताए । यस सफ्टवेयरमार्फत विद्यार्थीको सम्पूर्ण शैक्षिक विवरण व्यवस्थित रूपमा अभिलेखीकरण हुने, अभिभावकले आफ्ना बालबालिकाको शैक्षिक अवस्था सहज रूपमा जानकारी पाउने तथा विद्यालयको प्रशासनिक कार्य थप छरितो र प्रभावकारी बन्ने उनको भनाई छ ।

विद्यालय व्यवस्थापनले दवाडीको सहयोगलाई रकमको मात्र नभई ग्रामीण शिक्षाको आधुनिकीकरणप्रतिको सामाजिक उत्तरदायित्व र प्रेरणादायी योगदानका रूपमा लिएको जनाएको छ । विद्यालय परिवारले दवाडीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगी व्यक्तित्वहरूको साथले सामुदायिक विद्यालयहरूलाई समय अनुकूल, प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय