निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

Devghat Online

शेयर गरौ

चितवन । साउन १२

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएपछि रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले मङ्गलबार एक सूचना जारी गर्दै साउन १२ गते राति ८ः०० बजेदेखि साउन १३ गते बिहान ५ः०० बजेसम्मका लागि उक्त सडक खण्डमा सबै प्रकृतिका सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको छ ।

सुक्खा पहिरो खस्ने क्रम निरन्तर जारी रहेको र रातिको समयमा सवारी साधन सञ्चालन गर्दा हुन सक्ने मानवीय जोखिमलाई ध्यानमा राख्दै आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत अन्तिम सिजालीद्वारा जारी सूचनामा उल्लेख छ ।

सडक बन्दका कारण यात्री महानुभावहरूमा पर्न गएको असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमाप्रार्थी हुँदै थप सूचना, सहयोग तथा समन्वयका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सो सडकको अवस्थाको बारेमा जानकारी पाउन नेपाल प्रहरीको फोन नम्बर १००, सशस्त्र प्रहरी बल नेपालको १११४, जिल्ला आपत्कालीन केन्द्रको १२३४ तथा जिल्ला प्रहरी कार्यालय, चितवन (सूचना अधिकारी) को मोवाईल नम्बर ९८५५०१३९९९ सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता