शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १२

शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार लामागाउँबाट दुलेगौंडातर्फ आउँदै गरेको लु.प्र.०२–००१ ज ०२३१ नम्बरको टाटा सुमो सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धन नारायण श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरीसहित ९ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनामा परि घाइते हुनेहरुमा जिप चालक शुक्लागण्डकी नपा १२ बस्ने बर्ष ४८ को केश ब.सुनार, जिपमा सवार सोही ठाउँका बर्ष ५९ को खेम बहादुर ठकुरी, बर्ष ४० लक्ष्मी मल्ल, बर्ष ३८ को ढक बहादुर गुरुङ, बर्ष १९ की निशा गुरुङ, बर्ष ३८ की टिका गुरुङ, बर्ष ३७ की संगिता गुरुङ, शुक्लागण्डकी ५ की बर्ष ३३ की सुचना गुरुङ, वडा नम्बर ४ की बर्ष ५४ की अन्जु ठकुरी, बर्ष ८ को एलबिक ठकुरी, बर्ष १२ को सौगात ठकुरी र वडा नम्बर ११ की बर्ष ५१ की झरिमाँया खाँड रहेका छन् ।

दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि नौ जनालाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारा र तीन जनालाई तनहुँ सेवा अस्पताल, दुलेगौंडामा पठार्ईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता