अव्यवस्थित बसोबास व्यवस्थापन र लालपुर्जा वितरणका लागि ‘बस्ती विकास ऐन’ बनाउन पहल

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १२

तनहुँको भिमाद बजार, ढोरफिर्दी लगायत देशभर रहेका अव्यवस्थित बसोबासको दीर्घकालीन व्यवस्थापन र लालपुर्जा (जग्गाधनी प्रमाण पुर्जा) वितरणका लागि नयाँ ऐन निर्माणको पहल सुरु गरिएको छ ।

तनहुँ क्षेत्र नम्बर २ का सांसद ई.श्रीराम न्यौपानेले अव्यवस्थित बसोबासलाई कानुनी दायरामा ल्याएर समाधान खोज्न ‘बस्ती विकास ऐन’ निर्माणको नयाँ अवधारणासहित कानुन मन्त्री सोभिता गौतमलाई अनुरोध पत्र हस्तान्तरण गरेका छन् ।

मन्त्री गौतमसँगको भेटमा सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न विद्यमान कानुनी व्यवस्थाको समीक्षा गरिएको सांसद न्यौपानेले बताए । नयाँ ऐनमार्फत आवश्यक कानुनी उपचार, व्यवस्थापन प्रक्रिया तथा लालपुर्जा उपलब्ध गराउने सम्भावनाका विषयमा मन्त्रीसमक्ष गम्भीर छलफल भएको सांसद न्यौपानेले बताए ।

यसअघि यो विषयमा भूमि व्यवस्था मन्त्री तथा भवन विभागका महानिर्देशक (डीजी) सँगसमेत परामर्श भइसकेको सांसद न्यौपानेले जानकारी दिएका छन् । उक्त भेटमा क्रममा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै नागरिकको आवासीय सुरक्षाको सुनिश्चितता गर्ने, सार्वजनिक जग्गाको उचित र व्यवस्थित प्रयोग सुनिश्चित गर्ने तथा दीर्घकालीन समाधानका लागि स्पष्ट एवं मजबुत कानुनी ढाँचा तयार पार्ने बारेमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता