सांसद न्यौपानेले दोहोर्याएः ४ महिनामा ४२ जनसंवाद सम्पन्न, एक वर्षभित्र १४४ पुर्याउने लक्ष्य

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १२

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ई.श्रीराम न्यौपानेले निर्वाचित भएको चार महिनाको अवधिमा ४२ वटा जनसंवाद कार्यक्रम सम्पन्न गरेको जनाएका छन् । जनतासँगको प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिँदै उनले एक वर्षभित्र कम्तीमा १४४ वटा जनसंवाद सञ्चालन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।

मंगलबार बिहान एक सार्वजनिक अपिलमार्फत आफ्ना गतिविधि तथा नागरिकका जिज्ञासाको जवाफ दिँदै सांसद न्यौपानेले बिहान ४ बजेदेखि ६ बजेसम्म प्राप्त भएका सबै फोनहरू आफैँ उठाएर समस्या सुनेको र सोही अनुसार सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिएका छन् । तोकिएको समयसीमा बाहिर आएका फोनहरू मात्र उठाउन नसकिएको स्पष्ट पार्दै उनले नागरिकका समस्या समाधानमा आफू लागिपरेको बताए ।

सांसद न्यौपानेले तनहुँ क्षेत्र नम्बर १ र २ मा देखिएको रासायनिक मलको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी तथा कृषि सामग्री कम्पनी दमौलीका प्रमुखसँग समन्वय गरिएको बताएका छन् । यस्तै श्रृङ्गपथ मर्मतका लागि पूर्वाधार विकास मन्त्रालय, डिभिजन कार्यालय र स्थानीय तहका प्रमुखहरूसँग समन्वय गरी स्थलगत निरीक्षण गरिएको तथा दुलेगौंडा–हर्कपुर सडकका विषयमा नगरप्रमुख, मन्त्रालय र निर्माण व्यवसायीसँग ताकेता गरिएको उनले जानकारी दिए ।

संघीय बजेटमा नपरेका खानेपानी, सडक, सिँचाइ तथा पुलका आयोजना समेट्न मन्त्री, सचिव तथा महानिर्देशकहरूसँग निरन्तर संवाद भइरहेको र केही योजनाहरू साउन महिनाभित्र समेट्ने प्रतिबद्धता प्राप्त भएको, नागरिकताको उमेर सच्याउने, ६० वर्षमै वृद्धभत्ता पाउने व्यवस्था, मृगौला रोगीको उपचारमा समन्वय, विद्युत् ट्रान्सफर्मर फेर्ने, पृथ्वी राजमार्गमा जेब्रा क्रसिङ थप्ने, तटबन्ध, हाइटेन्सन लाइन सार्ने र अव्यवस्थित भूमि व्यवस्थापन लगायतका विषयमा पहल भइरहेको सांसद न्यौपानेले जानकारी दिए ।

यी मध्ये कतिपय समस्याहरू समाधान भइसकेको, केही प्रक्रियामा रहेको र केही समय लाग्ने खालका भए पनि जनताका हरेक समस्या समाधानका लागि आफ्नो तर्फबाट इमानदार प्रयास निरन्तर रहने सांसद न्यौपानेले प्रतिबद्धता जनाएका छन् ।

यी मध्ये कतिपय समस्याहरू समाधान भइसकेको, केही प्रक्रियामा रहेको र केही समय लाग्ने खालका भए पनि जनताका हरेक समस्या समाधानका लागि आफ्नो तर्फबाट इमानदार प्रयास निरन्तर रहने सांसद न्यौपानेले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय