शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १३

शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ । नागरिकलाई भूमिसम्बन्धी सेवा सहज, छिटोछरितो र गुणस्तरीय रूपमा उपलब्ध गराउने उद्देश्यका साथ नगरपालिकाले उक्त तयारी गरेको हो ।

बुधबार आयोजित कार्यक्रममा सेवा कार्यालय स्थापनाका लागि उपयुक्त, सहज र पहुँचयोग्य स्थान छनोट गर्ने विषयमा बृहत् छलफल भएको छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

छलफलका क्रममा सहभागीहरूले सेवा केन्द्रको स्थान तथा सञ्चालन प्रक्रियाका सम्बन्धमा आफ्ना सुझाव, राय र धारणाहरू राखेका थिए । छलफलबाट प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई समेट्दै सबै पक्षलाई सर्वस्वीकार्य हुने गरी शीघ्र उपयुक्त स्थान निर्धारण गरिने नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षभित्रै नगर क्षेत्रबाटै उक्त सेवा सञ्चालनमा ल्याउने लक्ष्यका साथ आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक प्रक्रियाहरू तीव्र गतिमा अघि बढाइएको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिए । सेवा सञ्चालनमा आएपछि नगरबासीले भूमिसम्बन्धी कामका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भई स्थानीय तहमै सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय