ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १३

शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम अभाव देखिएको छ । बाली लगाउने समयमा युरिया मलको हाहाकार भएपछि स्थानीय किसानहरू बिहानैदेखि लामो लाइन बस्न बाध्य भएका छन् ।

सहकारीका अध्यक्ष मोती प्रसाद पौडेलका अनुसार मङ्गलबार मात्रै २१ बोरा युरिया मल संस्थामा ल्याइएको थियो । मलको माग अत्यधिक र आपूर्ति भने नगण्य भएपछि धेरै भन्दा धेरै किसानलाई समेट्ने उद्देश्यले प्रति किसान ५ किलोका दरले वितरण गरिएको थियो । तर, त्यसरी थोरै–थोरै परिमाणमा बाँड्दा समेत सबै किसानलाई मल पु¥याउन नसकिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

‘अहिले बालीलाई रासायनिक मल अत्यावश्यक परेको समय हो’ अध्यक्ष पौडेलले भने ‘तर, हामीसँग पर्याप्त मल नहुँदा घण्टौँ लाइनमा बसेका किसानलाई रित्तो हात फर्काउनुपर्ने बाध्यता बनेको छ ।’

प्रति किसान ५ किलो मात्रै मल खेतबारीका लागि पर्याप्त नहुने भन्दै किसानहरूले दुखेसो पोखेका छन् । सहकारीले किसानको समस्यालाई मध्यनजर गर्दै तत्काल पर्याप्त परिमाणमा रासायनिक मल उपलब्ध गराइदिन सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । समयमै मल आपूर्ति हुन नसके यस वर्ष उत्पादनमा भारी गिरावट आउने चिन्ता किसानहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय