देवघाट सामाजिक संयन्त्रको अध्यक्षमा अधिकारी

Devghat Online

शेयर गरौ

देवघाट । साउन १६

देवघाट सामाजिक संयन्त्रको अध्यक्षमा पुनः अर्जुन अधिकारी चयन भएका छन् । शनिबार देवघाटमा सम्पन्न संयन्त्रको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले अधिकारीको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा शान श्रेष्ठ, सचिवमा बलबहादुर क्षेत्री, कोषाध्यक्षमा दुर्गालाल गुरुङ चयन भएका छन् । त्ययस्तै सदस्यहरूमा सोमनाथ ढकाल, सुकुलाल गुरुङ, राधा खनाल, रामहरी पुडासैनी, अमरबहादुर फेवाली, प्रसन्न ढकाल, उमेश आले, खेमबहादुर राना, देवकी खड्का (न्यौपाने) र गणेश तिवारी चयन भएका छन् ।

उक्त अधिवेशनको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष थापाले देवघाट सामाजिक संयन्त्र केवल एउटा संस्था नभई देवघाटको सामूहिक आवाज र जनचासोको प्रतिनिधि मञ्चका रूपमा स्थापित हुँदै गएको बताए । सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक सबै पक्षलाई समेटेर समाजका आवश्यकता र चुनौतीलाई उजागर गर्दै समाधानको बाटो खोज्ने संयन्त्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै अध्यक्ष थापाले गाउँपालिकाले यस्ता रचनात्मक अभियानमा सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले देवघाट सामाजिक संयन्त्रले विकास निर्माण, सुशासन र जनसरोकारका विषयमा निरन्तर खबरदारी गर्दै आएको बताए । संयन्त्रबाट प्राप्त रचनात्मक सुझाव, आलोचना र सहकार्यले गाउँपालिकालाई जनअपेक्षाअनुसार काम गर्न थप ऊर्जा मिलेको उल्लेख गर्दै उनले गाउँपालिका र सामाजिक संयन्त्रबीचको सम्बन्ध नङ र मासुको जस्तै अभिन्न रहेको बताए ।

कार्यक्रमका अध्यक्ष अर्जुन अधिकारीले देवघाट सामाजिक संयन्त्र कुनै राजनीतिक स्वार्थबाट निर्देशित संस्था नभई विशुद्ध रूपमा समाजप्रति उत्तरदायी, गैरराजनीतिक र गैरनाफामूलक अभियान भएको स्पष्ट पारे । उनले इमानदारी, समर्पण, त्याग र निष्पक्षताका आधारमा अघि बढ्न सके संयन्त्रले देवघाटमा छुट्टै पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरे । अधिकारीले संयन्त्रले विगतदेखि नै जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने, विकासका सवालमा रचनात्मक दबाब सिर्जना गर्ने तथा समुदायका आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउने कार्य निरन्तर गर्दै आएको जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिले देवघाटको सामाजिक सद्भाव, सुशासन, विकास र नागरिक हितका मुद्दालाई अझ सशक्त रूपमा उठाउँदै स्थानीय समुदाय र सरोकारवाला निकायबीच समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्णबहादुर कुँवर, देवघाट महिला सन्जालकी संयोजक राधा खनाल, मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरी, नेकपा माओवादी केन्द्रका सह संयोजक जयकृष्ण सुवेदी, देवघाट सामाजिक संयन्त्रका उपाध्यक्ष शान श्रेष्ठ, सचिव बलबहादुर क्षेत्री, कोषाध्यक्ष दुर्गालाल गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय