सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

Devghat Online

शेयर गरौ

सफल शर्मा । देवघाट, साउन १७

हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक तथा पाकिस्तानको काराकोरम रेन्जस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा निधन भएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित पाँच जना नेपाली वीर पर्वतारोहीहरूको स्मृतिमा आइतबार देवघाटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

लियो क्लब अफ देवघाट चौतारी र लायन्स क्लब अफ देवघाटको संयुक्त आयोजनामा देवघाट गाउँपालिका–५ स्थित टाउन चोकमा उक्त शोक सभा तथा दीप प्रज्वलन आयोजना गरिएको हो ।

उक्त शोक सभाको लायन्स क्लब अफ देवघाटका अध्यक्ष (वर्ष २०२६–२०२७) अनिल मिश्र र लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष (वर्ष २०२६–२०२७) आशिष कार्कीले संयुक्त रूपमा दीप प्रज्वलन गरी शुभारम्भ गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले मैनबत्ती बालेर दिवङ्गत आत्माहरूप्रति मौनधारण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरूले पर्वतारोहीहरूको असामयिक निधनले सम्पूर्ण राष्ट्रलाई नै स्तब्ध र मर्माहत बनाएको बताएका छन् । दिवङ्गत पर्वतारोहीहरूले आफ्नो कर्म, अदम्य साहस, सेवा र समर्पणका माध्यमबाट विश्वसामु नेपालीको शिर उच्च बनाएको र उहाँहरूको योगदान सदैव स्मरणीय रहने सहभागीहरूले उल्लेख गरेका थिए ।

वक्ताहरुले सुनसरी घटनाका मृतक तथा वीर पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकको यस कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता