आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र शिक्षा र राजनीतिक दलको भूमिकाबारे विचार गोष्ठी, ‘तनहुँ घोषणापत्र’ जारी

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १७

व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र पोलिटिकल साइन्स सोसाइटी नेपाल (पोसन) को आयोजना तथा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान दमौलीको सह आयोजनामा ‘राजनीतिशास्त्र शिक्षाको आवश्यकता र महत्व, बदलिँदो परिवेशमा राजनीतिक दलको भूमिका’ विषयक एकदिवसीय विचार गोष्ठी आइतबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागका प्रमुख प्रा.डा.ईश्वरी प्रसाद कँडेलको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. महेन्द्र सापकोटा र राजनीतिशास्त्रका विद्यावारिधिका शोधार्थी तिलकुमारी पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सह–प्राध्यापक डा.सापकोटाले कौटिल्य, बुद्ध, गान्धी, प्लेटो, एरिस्टोटल र माक्र्स जस्ता पूर्वीय तथा पाश्चात्य चिन्तकहरूको विचारको सान्दर्भिकता दर्शाउँदै २१ औँ शताब्दीमा राजनीतिशास्त्र केवल सिद्धान्तमा सीमित नरहेर एआई गभर्नेन्स, डिपफेक डिजिटल पोलिटिक्स, पब्लिक पोलिसी तर्फ मोडिएको बताउ । उनले आदिकवि भानुभक्त क्याम्पसलाई राजनीतिशास्त्र शिक्षण र नीति अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने मार्गचित्र समेत प्रस्तुत गरे ।

त्यस्तै विद्याबारिधिकी शोधार्थी तिलकुमारी पौडेलले बदलिँदो वैश्विक र राष्ट्रिय परिवेशमा राजनीतिक दलहरू वैचारिक अडानभन्दा निर्वाचन र कार्यसम्पादनमुखी राजनीतिर्फ ढल्किँदै गएको परिप्रेक्ष्यमा परम्परागत ढाँचा बदलेर उत्तरदायी र सहभागितामूलक शासन प्रवर्धन गर्नुपर्नेमा जोड दिइन् ।

उक्त कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरूले कार्यपत्रमाथि आफ्ना धारणा व्यक्त गर्दै बदलिँदो परिवेशमा दलहरूको भूमिका सुधारिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संविधानसभा सदस्य पेम्बा शेर्पा, रास्वपा तनहुँका सभापति विश्व बास्तोला, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कँडेल, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्र केशरी न्यौपाने, नेकपा एमालेका सल्लाहकार प्रतापलाल श्रेष्ठ र नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

यसैगरी, रास्वपा व्यास नगर सभापति चूडामणि दाहाल, वडा अध्यक्षहरू विष्णुकुमार श्रेष्ठ र जीवन गुरुङ, एकदेव आले प्रतिष्ठानका उपाध्यक्ष माधव प्रसाद अधिकारी, स्ववियु अध्यक्ष अनुप आले लगायतले पनि दलहरूको कार्यशैलीमा सुधार आउनुपर्ने विचार व्यक्त गरे ।

विभिन्न क्षेत्रका बुद्धिजीवी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको समापनमा ‘तनहुँ घोषणापत्र’ जारी गरिएको थियो । घोषणापत्र लेखन समितिका संयोजक प्रा. डा.राजेन्द्र चापागाईं, पृथ्वीनारायण क्याम्पसका सह–प्रा. डा. भिमनाथ बराल र उप–प्रा.गिरिधारी सुवेदीले उक्त घोषणापत्र तयार गरेका थिए ।

पोलिटिकल साइन्स सोसाइटी नेपाल (पोसन) का अध्यक्ष सुवास ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले प्रमुख अतिथि, कार्यपत्र प्रस्तोता र घोषणापत्र तयारी समितिका पदाधिकारीहरूलाई मायाको चिनो प्रदान गरेका थिए भने सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै एकदेव आले प्रतिष्ठानका अध्यक्ष मनुमाया श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन पोसनका महासचिव मिलन आलेले गरेका थिए । उक्त कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू, विभाग प्रमुखहरू, प्राध्यापकहरू, कर्मचारीहरू तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका