जन–संवादमा सांसद श्रीराम न्यौपानेः सडक कालोपत्रे र विद्युत व्यवस्थापनको आश्वासन

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १७

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ई.श्रीराम न्यौपानेले आइतबार शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा ‘सांसद जनसंवाद कार्यक्रम–२’ को आयोजना गरेका छन् । उक्त कार्यक्रममा सांसद न्यौपानेले स्थानीयवासीका समस्या प्रत्यक्ष सुनेका छन् ।

सांसद न्यौपानेले आइतबार शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ को टार तथा वडा नम्बर ८ को पाटन चौतारीमा जनसंवाद कार्यक्रम आयोजना गरे । त्यस्तै साँझ तनहुँ क्षेत्र नम्बर २ घर भई पोखरा बस्दै आएका नागरिकहरुसँग ग्यालेक्सि पार्टी प्यालेश बिरौटामा जनसंवाद तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए ।

उक्त सबै जनसंवाद कार्यक्रममा सांसद न्यौपानेले स्थानीयका गुनासा, विकास निर्माणका सुझाव तथा मागहरूबारे छलफल गरेका थिए । शुक्लागण्डकी वडा नम्बर ३ मा आयोजित कार्यक्रममा स्थानीयवासीले लामो समयदेखि अलपत्र परेको दुलेगौंडा–हर्कपुर सडकको स्तरोन्नति र कालोपत्रे गर्न आग्रह गरेका थिए । जवाफमा सांसद न्यौपानेले आगामी वर्षभित्र सडक पिच गर्ने लक्ष्य राखिएको र अब नयाँ ठेक्का प्रक्रियामार्फत सक्षम ठेकेदार चयन गरी निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै वडा नम्बर ३ का विभिन्न स्थानमा ढलेका विद्युतका पोलहरू सोझ्याउने तथा कालोतार विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो । यस समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने आश्वासन सांसदले दिएका छन् ।

विगतमा पनि पटक–पटक सडक र विद्युतका समस्या उठाउँदै आएका स्थानीयले यसपटक प्रतिनिधिसभा सदस्यसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । तर, उनीहरूले अब सांसदका आश्वासन केवल आश्वासनमा सीमित नभई यथाशीघ्र व्यवहारमा परिणत भएको हेर्न चाहेको बताएका छन् ।

सांसद न्यौपानेले जनसंवाद कार्यक्रमको मुख्य उद्देश्य जनताका समस्या सुन्नु र तिनको समाधानका लागि पहल गर्नु रहेको बताए । आफुले गरेका सबै प्रतिबद्धताहरू समयमै कार्यान्वयन गर्नेमा आफ्नो प्रतिबद्धता रहने सांसद न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता